इन्डियाज गट ट्यालेन्टका निर्माता सोहन चौहान मृत भेटिए


एजेन्सी – इन्डियाज गट ट्यालेन्ट सेभेन र मास्टरशेफ इन्डियाजस्ता कार्यक्रममा काम गरिसकेका सिनियर पोष्ट प्रोड्युसर सोहन चौहान मृत भेटिएका छन् ।

स्पटबोयका अनुसार उनको शव आइतबार राती मुम्बईको आरे कोलोनीमा रोयल पाम्स सोसाइटीको एक पोखरीमा भेटिएको हो ।

रिपोर्टमा बताइए अनुसार सोहन पछिल्लो समय एक्लै बसिरहेका थिए, किनभने उनकी श्रीमती दिल्लीमा थिइन् । भारतीय मिडिया रिपोर्ट अनुसार उनलाई अन्तिम पटक उनको घरमा काम गर्न आएकी सहयोगीले देखेकी थिइन् ।

आइबार बिहान करिब साढे सात बजे स्थानीयले पुलिसलाई पोखरीमा शव तैरिरहेको बारे जानकारी दिएका थिए ।
सोहनको मृत्युको कारण अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस
Advertisement