कांग्रेस आईको कमाण्ड फेरी सोनियाको कांधमा 


नयां दिल्ली – भारतिय कांग्रेसको अध्यक्षको जिम्मेवारी फेरी सोनिया गांधीलाई दिइएको छ । लोकसभा चुनावपछि करीब तनि महिना बिना अध्यक्ष रहेको कांग्रेसको केन्द्रिय कार्यसमितिको वैठकले फेरी सोनियालाई अध्यक्षको जिम्मेवारी दिएको हो । 

उनलाई अहिलेलाई अंतरिम अध्यक्षको जिम्मेवारी दिएपनि महाधिवेशनपछि भने नेतृत्व हस्तान्तरण हुनेछ । कांग्रेस प्रवक्ता रणदीप सुरजेवालाले वैठकमा राहुल गांधीको नेतृत्वको प्रशंसा गर्दै प्रस्ताव समेत पारित भएको बताए । 

केन्द्रिय कार्यसमीति वैठकले राहुललाई नै अध्यक्ष बन्न प्रस्ताव गरेपनि उनले त्यसलाई अस्विकार गरेको बताइएको छ । वैठकमा जम्मू कश्मीरको अवस्थालााई लिएर चिन्ता समेत जाहेर भएको छ । कांग्रेस महासचिव सी. वेणुगोपालले सरकारले सवै दल सहभागी प्रतिनिधि मण्डललाई कश्मीर जाने अनुमुती दिनुपर्न प्रस्ताव पनि वैठकमा पारित भएको जानकारी दिएका छन् ।  

सोनियाले १९८८ मा पार्टीको कमाण्ड सम्हालेकी थिईन । कांग्रेसका वरिष्ठ नेताहरु एनडी तिवारी,अर्जुन सिंहले पार्टी छोडेपछि सोनियाको हातमा कांग्रेसको कमाण्डे हातमा आएको थियो । 

सोनियाको नेतृत्वमा कांग्रेसले निर्वाचन समेत जितेको थियो । २००४ देखी २०१४ सम्म कांग्रेसकै अगुवाईमा यूपीए सरकार वनेको थियो । उनी १९८८ देखी २०१७ सम्म पार्टीको अध्यक्ष्ँ बनेकी थिईन । २०१७ पछि राहुल गान्धी कांग्रेस अध्यक्ष बनेपनि २०१९ को लोकसभा चुनावममा पार्टीको हारपछि उनले अध्यक्ष पदबाट राजीनामा दिएका थिए । कांग्रेसमा केही समयअघि देखी अध्यक्ष पद रिक्त थियो । 

प्रतिक्रिया दिनुहोस
Advertisement