काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा निधन भएका सातै जनाप्रति राष्ट्रियसभाको शुक्रबारको बैठकले शोक प्रस्ताव पारित गरेको छ ।
शोक प्रस्ताव पारित गर्नुअघि सभामुख कृष्णबहादुर महरा र अध्यक्ष गणेश तिमल्सिनाले शोक वक्तव्य पढेर सुनाएका थिए। शुक्रबार बसेको बैठकले निधन भएकाहरुप्रति एक मिनेट मौन धारण गर्दै शोक प्रस्ताव पारित गरेको हो ।
यसअघि दाहसंस्कार भइसकेपछि मात्रै शोक प्रस्ताव पारित गर्ने परम्परा रहेपनि पछिल्लो समय त्यसअघि नै शोक प्रस्ताव पारित हुन थालेको छ ।
प्रतिक्रिया