आर्मीका सोमलाई राष्ट्रिय कीर्तिमानीसहित स्वर्ण


काठमाण्डु – नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष ४०० मिटरमा त्रिभुवन आर्मी क्लबका सोम कुमालले स्वर्ण पदक जितेका छन् ।

मंगलबार भएको खेलमा उनले निर्धारित दुरी ४७.९५ सेकेण्डमा पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेका हुन् । यसअघि सन् १९९० मा आशाराम चौधरीले चीनमा सम्पन्न एसियन गेम्समा राखेको ४८.३२ सेकेण्डको कीर्तिमान यसपटक कुमालले तोडेका हुन् ।

एपिएफका आशिष चौधरीले निर्धारित दुरी ४९.४० सेकेण्डमा पूरा गर्दै रजत जित्दा आर्मीकै प्रकाश दनुवारले ४९.९० सेकेण्डमा पूरा गर्दै कास्य पदक जिते । नवौं राष्ट्रिय खेलकुदमा आर्मीले जितेको यो ६८औं स्वर्ण पदक हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement