बलिउड नायिका सोनाक्षी सिन्हा पक्राउ !


एजेन्सी – बलिउड नायिका सोनाक्षी सिन्हा पक्राउ परेको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भईरहेको छ । तर उनी पक्राउको वास्तविकता अहिलेसम्म खुलाईको छैन ।

भिडियोमा उनको हातमा हत्कडी लगाइरहेको देख्न सकिन्छ भने सानाक्षीले आफूलाई यसरी पक्राउ गर्न नमिल्ने र आफूले केही गल्ती नगरेका कारण निर्दोष छु भनेर कराइरहेको सुन्न सकिन्छ ।

सोनाक्षीले भिडियोमा भनेकी छिन्, ‘तपाईंले मलाई यसरी पक्राउ गर्न सक्नुहुन्नँ । तपाईंलाई थाहा छ म को हुँ ? मैले केही गरेको छैन, म निर्दोष छु ।’ भिडियो भाइरल भईरहेलगत्तै उनले इन्स्टाग्राममा एक स्टोरी शेयर गर्दै आफु पक्राउको विषयमा स्पष्टिकरण दिएकी छन् ।

उनले लेखेकी छन्, ‘मलाई थाहा छ कि मेरो केही भिडियो सामाजिक सञ्जालमा भाइरल भईरहेको छ, त्यो भिडियोमा देखिएकी महिला म नै हुँ तर त्यसको पूर्ण वास्तविकता भने होइन । यसको पुरै वास्तविकता चाँडै नै सार्वजनिक गर्नेछु ।’

सोनाक्षीको उक्त भिडियोले उनका प्रशंसक अलमल्लमा परेका छन् । उनी रियलमै पक्राउ परेकी हुन् या यो उनको नयाँ फिल्मको प्रोमोशन गर्ने तरिका हो भन्ने बुझ्न सकिएको छैन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement