मोदी सरकारले ल्याएको महिला आरक्षण विधेयकमा सोनिया गान्धीको समर्थन


काठमाण्डु – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले संसद्मा ल्याएको महिला आरक्षण विधेयकमा विपक्षी दलले समेत समर्थन जनाएका छन् ।

बुधबार संसद्मा विधेयकमाथि छलफलका क्रममा भारतीय कांग्रेसकी नेत्री सोनिया गान्धीले विधेयकको समर्थन गरिन् ।

उनले विधेयकलाई थप परिपक्व बनाउन केही सुझाव दिइन् ।

उनले भनिन्, ‘म महिला आरक्षण विधेयकको समर्थन गर्छु । यो मेरो जिन्दगीको मार्मिक समय हो । पहिलोचोटी निकाय चुनावमा महिलाको सहभागिता सुनिश्चित गर्ने विधेयक मेरा जीवनसाथी राजीव गान्धीले ल्याएका थिए । पछि पीवी नरसिम्हा रावको सरकारमा कांग्रेसले उसलाई पारित गराएको थियो । आज त्यसकै नतिजा हो कि देशभर स्थानीय निकायमा १५ लाख निर्वाचित महिला नेता छन् । यो विधेयक पास हुँदा म खुशी छु । तर एउटा चिन्ता पनि छ । म प्रश्न गर्न चाहन्छु – १३ वर्षदेखि महिलाहरु राजनीतिक जिम्मेवारीको पर्खाइमा छन् । अझै अरु पर्खन भनिँदैछ । २ वर्ष, ४ वर्ष, ६ वर्ष । कति वर्षको यो पर्खाइ हो ? मेरो माग छ कि यो बिल तुरुन्त पास गरिनुपर्छ । तर जातीय जनगणना गराएर एमसी, एसटी र ओबीसी आरक्षणको व्यवस्था गर्नुपर्छ ।’

बैठकमा अन्य नेताहरूले समेत विधेयकमा सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement