दक्षिण अफ्रिकाका राष्ट्रपतिद्वारा संयमता अपनाउन आह्वान


केपटाउन– दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले बिहीबार आन्दोलनकारीप्रति संयमता अपनाउन सरकारी अधिकारीहरुलाई आह्वान गरेका छन् ।

कानून कार्यान्वयन गराउने निकायका अधिकारीहरुलाई उनले उच्च सतर्कताका साथ उच्च संयमता अपनाउन आह्वान गरेका हुन् । दक्षिण अफ्रिकाको उत्तरपश्चिमी प्रान्तमा विगत केहीदिन देखि स्थानीयवासिन्दाले हिंसात्मक प्रदर्शनसहितको आन्दोलन गरिरहेका छन् ।

आन्दोलन चर्किदै गएपछि राष्ट्रपति रामाफोसाले बेलायतको लण्डनमा भईरहेको विश्वका नेताहरु सहभागी ‘कमनवेल्थ शिखर सम्मेलन’का लागि जारी भ्रमण नै छोट्याएर स्वदेश फर्किएका छन् । आन्दोलनकारीहरुले राष्ट्रपति रामाफोसाको दलबाट उत्तरपश्चिमी प्रान्तको मुख्यमन्त्री बनेका सुप्रा माहुमापेलोको राजिनामा माग गर्दै आन्दोलन गरिरहेका छन् ।

आन्दोलनका क्रममा कैयौ प्रदर्शनकारीहरु घाइते भएका छन् । आन्दोलन चर्किदै गएकोपछि राष्ट्रपति रामाफोसाले गम्भीर चिन्ता र चासो व्यक्त गरे । राष्ट्रपति कार्यालयका अधिकारीहरुले बताएका छन् । सिन्ह्वा

प्रतिक्रिया दिनुहोस
Advertisement