दक्षिण सुडानमा नेपाली सेनाको प्रशंसनीय काम


काठमाडौं– द्धन्द्धग्रस्त अफ्रिकी मुलुक दक्षिणी सुडानको येइ नगरका बासिन्दाले नेपाल र इथियोपियाका शान्तिसैन्यले बितेका महिनामा शान्तिसुव्यवस्था कायम गरेकामा प्रशंसा गरेका छन् ।

गत पुसदेखि येइ क्षेत्रमा राष्ट्रसंघीय शान्ति सेनाले शिविर स्थापना गरी कार्यक्षेत्रमा नियमित गस्ती लगायत सुरक्षा सतर्कताका उपाय प्रभावकारी तुल्याउँदै आएको छ ।
येइ आधार इलाकाबाट खटिएका राष्ट्रसंघका शान्ति सेनाका कारण केही महिना यता नगर क्षेत्रमा तुलनात्मक रुपमा शान्तिसुरक्षाको अवस्था सुदृढ भएको अनुभूति उक्त नगरका बासिन्दाले प्रकट गरेको राष्ट्रसंघीय सूचना केन्द्रले आज जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement