दक्षिण अफ्रिकाले भन्यो : अहिले परिस्थिति सामान्य बन्दैछ


एजेन्सी – दक्षिण अफ्रिकामा केही दिनयता मच्चिएको हिंसा र लुटपाटपछि त्यहाँको परिस्थिति सामान्य बन्दै गएको छ । यसअघि हिंसा र लुटपाट भएका दुई प्रान्तमा अहिले अवस्था सामान्य देखिएको र हिंसाका घटना नभएको मन्त्री खुम्बुजो एनटिसाभेनीले बताएका छन ।

दक्षिण अफ्रिकाका दुई ओटा प्रान्तमा केही दिनयतादेखि हिंसा मच्चिएको छ । ती स्थानमा पसलमा लुटपाट गर्ने र हिंसा मच्चाउने गरिएको थियो । मन्त्री खुम्बुजोले गएको २४ घन्टा यता ती दुई प्रान्त काजुलु र गुतेनमा त्यस्तो कुनै हिंसा नभएको मंगलबार साँझ आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिए ।

दक्षिण अफ्रिकामा त्यहाँका पूर्व राष्ट्रपति ज्याकोब जुमालाई भ्रष्टाचारको आरोपमा जेल हालिएको छ । त्यस क्रममा त्यहाँ हिंसा शुरु भएको हो । अहिले भने त्यहाँको अवस्था सामान्यतर्फ फर्किँदै गरेको र कुनै हिंसात्मक घटना नभएको तथा लुटपाटका कारण बन्द भएका सपिङ मलहरु खुला भएका उनले जानकारी दिए ।

जुमाका समर्थकहरुले दक्षिण अफ्रिकामा हिंसात्मक प्रदर्शन पनि गरेका थिए । हिंसा प्रभावित प्रान्तमा ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement