७९ जना एसपीहरुको सरुवा, को कहाँ पुगे (सूचीसहित)


काठमाडौँ– प्रहरी प्रधान कार्यलयले ७९ जना एसपीहरुको सरुवा गरेको छ । आइतबार प्रहरी प्रधान कार्यलयले विभिन्न ठाउँका एसपीहरुको सरुवा गरेको हो ।

पोखराका एसपी अशोक सिंहलाई महानगरीय प्रहरी विशेष सुरक्षा महाशाखामा ल्याइएको छ । उनको ठाउँमा एसपी ओमबहादुर रानालाई लगिएको छ । अर्जुन चन्द ठकुरीलाई कैलाली पठाइएको छ । यस्तै, उमाप्रसाद चतुर्वेदी सुर्खेत पुगेका छन् भने एसपी किरण ब्रजाचार्यलाई प्रहरी प्रधान कार्यलय अपराध अनुसन्धान विभाग अपराध अनुसन्धान महाशाखाबाट मध्य क्षेत्रीय ट्राफिक कार्यलय बारा पठाइएको छ ।

अपराध अनुसन्धानमा सक्षम एसपी मिरा बारामा पुगेकि छन् । उनी यसअघि धनुषामा थिर्इन् ।

जिल्ला प्रहरी कार्यालय पर्सा प्रमुखमा एसपी रेवती ढकालको सरुवा भएको छ। कर्मचारी प्रशासनमा रहेका ढकालको स्थानमा चन्द्रकुेबर खापुङको सरुवा भएको हो। चितवन प्रहरी प्रमुखमा सुशील राठौर, भक्तपुर प्रहरी प्रमुखमा हिमालय श्रेष्ठ, काभ्रेमा रविराज खड्का र तनँहुमा सिद्दीबिक्रम शाह सरुवा भएको छ।

प्रहरी महानिरीक्षकमा सर्वेन्द्र खनाल आएसँगै प्रहरीमा बढुवा तथा सरुवा ब्यापकता पाएको छ । यसअघि प्रहरी प्रधान कार्यलयले विभिन्न तहको बढुवा गरेको थियो ।

 

प्रहरी उच्चस्रोतकाअनुसार प्रधान कार्यलयले काठमाडौं प्रहरी परिसरको नेतृत्व पनि परिवर्तन गर्ने तयारी गरेको छ । हाल परिसरको कमाण्ड एसएसपी विश्वराज पोखरेलले गरिरहेका छन् । उनको ठाउँमा एसएसपी बसन्त लामालाई ल्याउने तयारी प्रधान कार्यलयले गरिरहेको बताइएको छ ।

हेर्नोस को कहाँ पुगे ?

प्रतिक्रिया दिनुहोस
Advertisement