चार ‘एसपी’को सरुवा, काे काँहा पुगे ?


 काठमाडाैँ- चार जिल्लाका एसपी (प्रहरी उपरीक्षक) को सरुवा भएका छन्। धादिङमा  डम्बर विक, सिरहामा  जीवन श्रेष्ठ, सुनसरीमा राजन अधिकारी र लोकेन्द्र श्रेष्ठको मकवानपुर सरूवा भएकाे हाे ।

केन्द्रीय अनुसन्धान व्यूरोमा रहेका जीवनकुमार श्रेष्ठलाई सिराह सरुवा गरिएको छ । एसपी डम्वरबहादुर विकलाई धादिङ, लोकेन्द्र श्रेष्ठलाई मकवानपुर र राजन अधिकारीलाई सुनसरी सरुवा गरिएको हो । चारै जनालाई काजमा सरुवा गरिएको प्रहरी प्रवक्ता डिआइजी मनोज न्यौपाले बताए ।

मकवानपुरका एसपी विकासराज खनाल ३३ केजी सुन काण्डमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेका एसपी दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षकको सचिवालयमा ल्याइएको छ ।  बलात्कारीलाई उम्काएको आरोपमा निलम्बनमा परेका सुनसरीका एसपी विद्यानन्द माझीको ठाउँमा अधिकारीलाई सरुवा गरी पठाइएको हो।

प्रतिक्रिया दिनुहोस
Advertisement