मदिराको मातमा एसपी रावलले डीआईजी घिमिरेलाई तथानाम गाली गरेपछि…


पोखरा – नेपाल प्रहरीका एसपी भोला रावलले आफूभन्दा दुई तह माथिका हाकिम डीआईजी विनोद शर्मा घिमिरेलाई सुन्नै नसक्ने किसिमको गाली गरेका छन् ।

नेपाल प्रहरीमा विवादित छबी बनाएका गोरखा प्रहरी प्रमुख एसपी रावल बुधबार कार्यालय समयमा दिउँसै मदिरा सेवन गरेर बसेको पाइएको छ ।

एसपी रावललाई जिल्लाको ट्राफिक व्यवस्थापनका लागि सचेतनामुलक कार्यक्रम आयोजना गर्न आदेश दिन डिआइजी घिमिरेले पटक पटक फोन गरेपनि रावलले नउठाएपछि डीआईजी घिमिरेले प्रदेशको सञ्चारमार्फत एसपी रावललाई आफूलाई फोन गर्न आदेश दिएका थिए । आदेशलगत्तै अशिष्ट रुपमा प्रकट भएका रावलले डिआइजीलाई नै गाली गरेका थिए ।

रावलले तथानाम गाली गरेपछि प्रदेश प्रहरी कार्यालयका एसएसपी हरिराज वाग्ले जिल्ला अस्पतालबाट डाक्टर सुचिता अमात्यको टोली लिएर बुधबार दिउँसो गोरखा पुगेको थियो । डाक्टरले मापसे जाँच गरेपछि एसएसपी वाग्लेले मदिरा सेवन गरेर डिआइजी घिमिरेलाई गाली गरेको श्राेतकाे भनाइ छ ।

एसपी रावलविरुद्ध गण्डकी प्रदेश प्रहरी कार्यालयले छानबिन शुरु गरेको छ । कारबाहीको प्रक्रिया स्वरुप रावललाई गण्डकी प्रदेश प्रहरी कार्यालयले स्पष्टीकरण सोधिसकेको छ । उनलाई जिम्मेवारीबाट हटाएर त्यहाँ नयाँ एसपी पठाउने बारेमा प्रहरी मुख्यालयमा बिहिवार छलफल भएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement