दिउंसै कार्यालयमा मदिरा सेवन गर्ने एसपीसहित ६ को काज सरुवा 


काठमाडौं-  प्रहरी प्रधान कार्यालयले ६ जना एसपीको काज सरुवा गरेको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले  एसपी श्यामकृष्ण अधिकारी महोत्तरी, ओम अधिकारी गोरखा र नवराज भट्टलाई बाग्लुङ काज सरुवा गरेका हुन् । 

गोरखामा कार्यालय समयमै मदिरा सेवन गरेको अवस्थामा भेटिएका एसपी भोला रावललाई समेत सरुवा गरिएको छ । रावललाई ६ नम्बर प्रदेश प्रहरी कार्यालय सुर्खेत पठाइएको छ । 

त्यसैगरी एसपी ईश्वर कार्की अपराध महाशाखा र कृष्णहरी शर्मा पोखरेल मानवअधिकार शाखा सरुवा भएका छन् । 

प्रतिक्रिया दिनुहोस
Advertisement