प्रहरीमा चार एसपीको काज सरुवा, चितवनमा गुरुङले पाए जिम्मेवारी


काठमाडौं– प्रहरी प्रधान कार्यालयले चार जना प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा गरेको छ । सोमबार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले चार जना एसपीको काज सरुवा गरेका हुन् । सरुवा हुनेमा एसपीहरु गंगा पन्त पर्सा, नान्तीराज गुरुङ चितवन, सोमेन्द्र सिंह राठौर महानगरीय प्रहरी कार्यालय रानीपोखरी र अशोक सिंहलाई प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखामा सरुवा गरिएको छ ।

अर्को साता अवकासमा जान लागेका खनालले जानुअघि काज सरुवा गरेका हुन् । चितवनको एसपीमा सरुवा गर्नुअघि उनले नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर नाम दिन आग्रह गरेको स्रोतको दावी छ । खनालले प्रचण्डको पुर्व सुरक्षा अधिकृत समेत रहेका चितवनका एसपी दानबहादुर मल्ललाई एक वर्ष नपुग्दै हटाएर पन्तलाई पठाउने निर्णय गरेका थिए । आईजीपी खनालको पन्तलाई चितवन पठाउने निर्णयको चौतर्फी विरोध भएको थियो ।

खनालले नेकपाका अध्यक्ष प्रचण्डसंग नाम मागेपछि प्रचण्डले आफुलाई ठिक लागेको व्यक्ति पठाउन भनेको स्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement