नेपाल प्रहरीमा १२ एसपीको काज सरुवा ,कंचनपुरमा नयां प्रहरी प्रमुख पठाइए


काठमाडौं– प्रहरी मुख्यालयले नेपाल प्रहरीका १२ एसपी (प्रहरी उपरीक्षक) को काज सरुवा गरेको छ । कांज सरुवामा कंचनपुरका प्रहरी प्रमुख कुवेर कठायत पनि परेका छन् । कंचनपुरमा निर्मला पन्त हत्या काण्डले चर्को रुप लिएपछि कठायतलाई त्यहा पठाइएको थियो । उनको ठाउमा दिनेश आचार्यलाई जिम्मेवारी दिइएको छ । कठायतलाई सामाखुसीस्थित पहरागणमा सरुवा गरिएको छ ।

त्यस्तै एसपी दिनेशराज मैनालीलाई जिल्ला प्रहरी कार्यालय झापा, मुकेश कुमार सिंह मकवानपुर, गोपालचन्द्र भट्टराई सर्लाही र कृष्णहरी शर्मालाई बागलुङ प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ ।

 

त्यसैगरी एसपी योगबहादुर पाल क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैया, दीपक खरेल एक नम्बर गण महाराजगन्जमा सरुवा भएका छन् ।

 

अर्का एसपी केदार ढकाल महानगरीय अपराध महाशाखामा भूपेन्द्र खत्री रौतहट, प्रहरी प्रशिक्षण प्रतिष्ठानमा दीपक रेग्मी र दंगा नियन्त्रण गण हेटौंडामा ध्रुवराज राउत काज सरुवा भएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement