रोनाल्डोको ह्याट्रिकसंगै पोर्चुगल र स्पेन बराबरीमा रोकिए


काठमाडौं– विश्वकप फुटवलअन्तर्गत गएराती भएको खेलमा पोर्चुगल र स्पेन बराबरीमा रोकिएका छन् । पोर्चुगलका खेलाडी क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेसंगै पोर्चुगल पराजित हुनबाट जोगिएको हो । यससँगै रोनाल्डो विश्वकपमा ह्याट्रिक गर्ने पहिलो खेलाडी समेत बनेका छन् ।

खेलको निर्धारित समय सकिन दुई मिनेटअघि रोनाल्डोले फ्रिकिकमार्फत उत्कृष्ट गोल गरेपछि खेल ३–३ को बराबरीमा रोकिएको हो ।

रोनाल्डोले पेनाल्टीमार्फत स्पेनविरुद्ध पहिलो गोल गर्दै अग्रता बनाएका थिए । डिएगो कोस्टाले पोर्चुगलविरुद्ध स्पेनका लागि बराबरी गोल फर्काएका थिए ।

पहिलो हाफ सकिन लाग्दा रेनाल्डोकै गोलमा पोर्चुगलले फेरि अग्रता बनाउन सफल भएको थियो । खेलको दोस्रो हाफमा स्पेनका स्ट्राइकर डिएगो कोस्टा र नाचोले केही मिनेटको अन्तरालमा गोल गरेपछि स्पेनले खेलमा अग्रता लियो । तर, खेलको अन्त्यमा रोनाल्डोले बराबरी गोल फर्काउन सफल भए ।

प्रतिक्रिया दिनुहोस
Advertisement