स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि

स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६ वर्षपछि फिफा विश्वकप २०२६ को उपाधि जितेको छ ।

सन् २०१० पछि दोस्रो पटक विश्वकपको उपाधि जित्दै स्पेनले विश्व फुटबलमा आफ्नो प्रभुत्व फेरि स्थापित गरेको छ ।

अमेरिकाको न्युयोर्कस्थित न्युजर्सी स्टेडियममा भएको खेलमा अत्यन्त प्रतिस्पर्धात्मक बनेको फाइनल खेलमा स्पेनका लागि निर्णायक गोल फेरान टोरेसले गरे । निर्धारित ९० मिनेटसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

अत्तिरिक्त समयमा स्पेनका फेर्रान टोरेजले गोल गरे । उनले खेलको १०६औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनाविरुद्ध एक शून्यको अग्रता लिएका थिए । त्यसपछि खेलमा थप गोल हुन सकेन र स्पेनले अर्जेन्टिनामाथि एक शून्य गोलको जित हासिल गरेको थियो ।

खेलको निर्धारित ९० मिनेटको समयमा एन्जो फर्नान्डेजले दोहोरो पहेँलो कार्ड पाएपछि अर्जेन्टिना १० खेलाडीमा सीमित बनेको थियो । त्यसैको फाइदा उठाउँदै स्पेनले गोल गर्न सफल भयो ।

यो सँगै प्रशिक्षक लुइस दे ला फुएन्तेले दुई वर्षअघि युरोकप जिताएपछि अब विश्वकप पनि जिताउँदै स्पेनी फुटबलको नयाँ स्वर्णिम युगको नेतृत्व गरेका छन् ।

सेमिफाइनलमा अर्जेन्टिनाले इङ्ग्ल्यान्डलाई २–१ ले गोलअन्तरले पराजित गर्दै विश्वकपको फाइनलयात्रा तय गरेको थियो । स्पेनले फ्रान्सलाई २–० गोलअन्तरले हराउँदै फाइनलमा पुगेको थियो ।

फाइनलमा पराजित भएसँगै अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीको अर्को विश्वकप उपाधि जित्ने सपना अधुरै रह्यो । उपाधि वितरण समारोहमा मेस्सी भावुक बनेका दृश्यहरूले समर्थकलाई समेत भावुक बनाएको थियो । सन् २०३० को विश्वकप शुरु हुँदा मेस्सी ४२ वर्षका हुने भएकाले यो उनको अन्तिम विश्वकप हुन सक्ने अनुमान गरिएको छ ।