स्पेनिस लिगमा बार्सिलोनाको रेकर्ड


काठमाडौं -स्पेनिस लिग लिडर बार्सिलोनाले ला लिगामा लागतार २२ खेलमा अपराजित रहदै रेकर्ड कायम गरेको छ । बार्सिलोनाले सिजनमा पहिलो कोपा डेल रे फुटबलमा बेहोरेपनि लिगमा अपराजित छ ।

आईतबारको डर्बी भिडन्तमा बार्सिलोनाले स्पानियोलसँग अंक बाँडेको छ । स्पानियोलको घरेलु मैदानमा सम्पन्न ला लिगाको २२ औं खेलमा बार्सिलोना पछि परिसकेको अवस्थाबाट १–१ गोलको बराबरी खेल्दै तालिकामा १ अंक थपेको हो ।

 

स्टार स्ट्राईकर लियोनल मेसीलाई बेन्चमा राखेर खेल शुरु गरेको बार्सिलोनाका कोच भाल्भार्डेले पहिलो हाफ गोल रहित बराबरी भएपनि दोश्रो हाफको शुरुवातमा मेसीलाई मैदान छिराएका थिए । बर्षाले मैदानमा पानी जमेपछि कठिन बनेको खेलमा स्पानियोलले ६६ औं मिनेटमा जेरार्ड मारेनोको गोलबार अग्रता लिएको थियो ।

 

खेलका ८८ औं मिनेटमा मेसीको फ्रि किकलाई बार्साका जेरार्ड पिकेले आकर्षक हेड गोल गरेपनि खेल बराबरीमा टुंगिएको हो । बार्साका लागि लिभरपुलबाट आएका ब्राजिलियन मिडफिल्डर काउटिन्होले प्रहार गरेको आकर्षक प्रहार गोल पोष्टमा लागेर फर्किएको थियो ।

 

 

बराबरीसँगै बार्सिलोना २२ खेलमा ५८ अंक सहित तालिकाको शीर्ष स्थाना छ । एक खेल कम खेलेको दोश्रो स्थानका एथ्लेटिको मडिड्रको ४६ तथा चौथो स्थानमा रहेको रियल मडिड्रको ३९ अंक छ । डर्बी भिडन्तको अन्त्यतिर खेल तनावपूर्ण बनेको थियो ।

 

 

स्पानियोलका खेलाडीले पिके बिरुद्ध फल गरेपछि दुवैतर्फका खेलाडीबीच केहीबेर धकेलाधकेल भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement