स्पानिस ला लिगा आज देखि सुरु,पहिलो खेलमा एथ्लेटिक र गेटा भिड्ने

स्पानिस ला लिगा आज देखि सुरु,पहिलो खेलमा एथ्लेटिक र गेटा भिड्ने


काठमाण्डु–स्पानिस ला लिगाको ९४ औं सिजन आज देखि सुरु हुँदैछ ।

सिजनको पहिलो खेल एथ्लेटिक क्लबको मैदान सान माम्स बारियामा एथ्लेटिक विल्वाओ र गेटाफेबीच हुनेछ ।

उक्त खेल नेपाली समय अनुसार राति १०:४५ बजे सुरु हुनेछ ।

२० टोली सहभागी लिगमा साविक विजेता रियल मड्रिडलाई बार्सिलोना र छिमेकी एट्लेटिको मड्रिडले चुनौती दिनेछ ।

लेगानेस, भाल्लाडोलिड र स्पानयोल दोस्रो श्रेणीबाट बढुवा हुँदै यस सिजन ला लिगा खेल्दैछन् ।

अघिल्लो सिजन ला लिगा खेलेका अल्मेरिया, ग्रानाडा र क्याडिज भने रेलिगेसनमा परेका थिए ।