काठमाण्डु – नेपाल दूरसञ्चार कम्पनीका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलसहित १८ जनालाई टेलिकमको बिलिङ प्रणाली सम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले सफाइ दिएको छ ।
विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले बिहीबार आरोपी सबैलाई सफाइ दिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमको बिलिङ सिस्टम अपग्रेड गर्ने कार्यमा ठूलो आर्थिक अनियमितता र मिलेमतो भएको दाबी गर्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।
तत्कालीन प्रबन्ध निर्देशक पौडेल सहितका प्रतिवादीहरूले पदको दुरुपयोग गरी राज्यकोषमा ठूलो नोक्सानी पुर्याएको अख्तियारको आरोप थियो ।




प्रतिक्रिया