नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक गौतम पुर्पक्षका लागि थुनामा

नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक गौतम पुर्पक्षका लागि थुनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जिव गौतमलाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ ।

न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले भ्रष्टाचार अभियोग लागेका गौतमलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाका तत्कालीन निर्देशक प्रदीप अधिकारीसँगै गौतमविरुद्ध पनि भ्रष्टाचार गरेको अभियोग थियो । गौतमबाट ६ करोड ७३ लाख ९९ हजार ६४८ रुपैयाँ ५९ पैसा असुलउपर गरी सजाय गर्न मागदावीसहित अख्तियारले आरोपपत्र दायर गरेको थियो ।

अदालतले पछि प्रमाण परीक्षण गर्दै जाँदा ठहरे बमोजिम हुने गरी हाल प्रतिवादी सञ्जिव गौतमलाई थुनुवा पूर्जी दिई थुनामा राख्न आदेशमा गरेको छ ।