सशस्त्रका इन्स्पेक्टर थापाको ‘अचानक’मृत्यु


काठमाडौं – सशस्त्र प्रहरी गण त्रिपुरा जुम्लामा कार्यरत सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) अभिषेक थापाको मृत्यु भएको छ । मंगलबार राति सकुशल खाना खाएर सुतेका उनी बिहान शारीरिक अभ्यास गर्न नआएपछि खोजी गर्दा बेहोस अवस्थामा भेटिएका थिए ।

थापालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले मृत घोषणा गरेको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता सुरजकुमार श्रेष्ठले जानकारी दिए ।
उनको मृत्युको कारणबारे अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement