सुनीललाल जोशी स्मृति भारत्तोलन प्रतियोगिता अर्को साता हुने


काठमाडौं– दोस्रो संस्करणको नेपाल स्ट्रोङगेष्ट सुनिललाल जोशी स्मृति भारोत्तोलन प्रतियोगिता अर्को साताबाट सुरु हुने भएको छ।

काठमाडौं जिल्ला भारोत्तोलन संघले बुधबार पत्रकार सम्मेलन गरि प्रतियोगिता असोज १७ र १८ गते हुने आयोजकले बताएको छ ।

दोस्रो संस्करणको अग्नि ब्याङ्क्वेट कुमारी पार्टीमा हुने आयोजकले बताए । भारोत्तोलन संघका पूर्व अध्यक्ष सुनिल लाल जोशीको दोस्रो स्मृति दिवसको समय पारेर आयोजना हुने प्रतियोगितामा विभिन्न तौल समूहमा झन्डै सय जना खेलाडी सहभागिले प्रतिस्पर्धा गर्ने बताए ।

प्रतियोगितामा ३० केजी तौल समूहका प्रतिस्पर्धीले प्रतिस्पर्धा गर्नेछन् । जसमा महिलातर्फ ७ जुनियर र ७ सिनियर रहनेछन् । त्यस्तै, पुरुषतर्फ जुनियर ८ र सिनियर ८ तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा सबैभन्दा धेरै भार उठाउने प्रतिस्पर्धीलाई दोस्रो नेपालको स्ट्रोङ्स्ट मेन्स अवार्ड २०१८ को उपाधि सहित प्रमाणपत्र र नगदसहित एक जनालाई प्रदान गरिनेछ । त्यस्तै महिलातर्फ सबैभन्दा धेरै भार उठाउने महिला खेलाडीलाई दोस्रो नेपालको स्ट्रोङ्स्ट वुमन्स अवाड २०१८ सहित उपाधि, प्रमाण पत्र र नगदसहित पुरस्कृत गरिनेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement