लिटिल फ्लावर प्रिमियर लिग : मोक्सदा काठमाडाै‌ंमाथि एबीसी नेपालगन्जको रोमान्चक जीत


धनगढी–संस्कार क्रिकेट एकेडेमी धनगढीको आयोजनामा धनगढीमा जारी तेस्रो लिटिल फ्लावर टि-२० प्रिमियर लिग अन्तर्गत दोस्रो दिन सम्पन्न दोस्रो खेलमा मोक्सदा स्कुल काठमाडाैंमाथि एबिसि नेपालगन्जले ७ रनको रोमान्चक जित निकालेको छ।

एबिसी आवासीय नेपालगन्जले जितको लागि दिएको १३८ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको मोक्सदा स्कुल काठमान्डौले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै मात्र १३० रन बनाउन सकेको थियो । सुरुवात राम्रो गरेको मोक्सदाले अन्तिम तिर अपेक्षित ब्याटिङ गर्न नसक्दा पराजय बोहोरेको हो ।

मोक्सदालाई जितको लागि अन्तिम ओभरमा १३ रनको आवस्यकता थियो भने उसले ५ रन मात्र जोड्न सकेको थियो । मोक्सदाको लागि ब्याटिङमा दिपक बोहराले सर्वाधिक ३६ , विशाल लिम्बुले ३४ ,कप्तान बिपिन खत्रीले २७ र सुदिप बस्नेतले १६ रनको योगदान दिए पनि टिमलाई जित दिलाउन सकेनन।

एबिसिको लागि बलिङमा सुभम बम ,कप्तान सदाब अन्सारी र सोनु थापा मगरले समान २-२ विकेट लिएका थिए ।

यस अघि टस जितेर पहिला ब्याटिङ गरेको एबिसी अवासिय नेपालगन्जले १९.३ ओभरमा अलआउट हुँदै १३७ रनको स्कोर खडा गरेको थियो ।

एबिसिको लागि ब्याटिङमा विशाल केसिले सर्वाधिक २८ ,लबकुश यादवले २१ ,अमन अन्सारीले १४ ,कप्तान सदाब अन्सारी र सहिल बस्नेतले समाम १३-१३ र बुद्ध अधिकारिले १२ रनको महत्त्वपूर्ण योगदान दिएका थिए । बलिङतर्फ मोक्सदाका अनिश कार्किले सर्वाधिक ४ , बिपिन खत्रीले ३, दिपक बोहराले २ र सुबोध ढुङ्गेलले १ विकेट लिएका थिए ।

बलिङतर्फ २ विकेट र ब्याटिङमा १३ रन बनाएका एबिसी आवसिय नेपालगन्जका कप्तान सदाब अन्सारी खेलको म्यान अफ द म्याच घोषणा भएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement