१३ औँ सागमा ५ खेल पोखरामा हुने


पोखरा, २४ साउन । आगामी १३ औँ दक्षिण एसियाली खेलकुद (साग)का ५ खेल पोखरामा हुने भएका छन् ।

 

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टका अनुसार १३ औँ सागमा ५ देखि ६ वटासम्म खेल पोखरामा सञ्चालन गर्ने लगभग तय भइसकेको जानकारी दिए । उनले यसका लागि तयारी अगाडि बढाइएको बताए ।

 

 

यस्तै, युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले लागि पोखरा उच्च प्राथमिकतामा परेको बताए । पोखरा रंगशालाको निरीक्षणका क्रममा उनले पर्यटकीय नगरीका रुपमा अन्तरराष्ट्रियस्तरमा पहिचान बनाइसकेको पोखरालाई खेलकुद माध्यमबाट पनि उत्कृष्ट गन्तव्य बनाउन सकिने बताए ।

 

 

मन्त्री केसीले आउँदो सागका लागि पोखरालाई गुरुयोजनाभित्र राखिएको जानकारी दिँदै निर्धारित समयावधिभित्र रंगशाला बनाउन निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement