प्रहरीमा ७० एसपीको सरुवा,सरुवामा पहुचवालाकै बोलवाला


काठमाण्डौ– नेपाल प्रहरीका ७० जना प्रहरी उपरीक्षकको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले मंगलवार गरेको सरुवामा अधिकांशलाई इन्चार्जवाट इन्चार्ज पठाइएको छ ।  प्रधान कार्यालयले मंगलवार गरेको सरुवा सूचीअनुसार झापाको प्रहरी प्रमुखमा विष्णुकुमार केसी, कास्कीको प्रहरी प्रमुखमा अशोक सिंह र रुपन्देहीको प्रहरी प्रमुख श्यामलाल ज्ञवालीको सरुवा भएको छ ।

 

त्यसैगरी पाल्पामा डिल्लिराज पन्त, दाङमा दुर्गा सिंह, मकवानपुरमा विकासराज खनाल, बारामा राजकुमार बैदवार, धनुषामा मीरा चौधरी, बाकेमा टेकबहादुर तामाङ, मोरङमा अरुण बिसी, सर्लाहीमा मसाउद आलम खा, धादिङमा ध्रुवराज राउत, नवलपरासीमा मुकुन्द आचार्य, महोत्तरीमा कुबेर कडायत, नुवाकोटमा वीरेन्द्र बस्याल, सिन्धुपाल्चोकमा मोहन पोखरेल, इलाममा विपिन कर्माचार्य, डोटीमा मधुसूदन लुइँटेल र  स्याङजामा गोरखसिंह भण्डारीलगायतको सरुवा भएको छ ।

 

 सरुवा भएकामध्ये कतिपय एसपीहरुको एक वर्ष नपुगी सरुवा भएको छ भने कतिपयलाई इन्चार्जबाट इन्चार्ज दिइएको छ ।

 

इन्चार्जबाट इन्चार्ज जानेमा एसपी विकासराज खनाल वुटवल दंगावाट मकवानपुर प्रमुखमा, सुसिल यादव इलाम प्रमुखवाट महानगरी प्रहरी कार्यदल कपनमा, जनक पाण्डे जिप्रका गोरखाबाट सशस्त्र प्रहरी गण धनगढी र नवराज भट्ट हेटौडा दंगावाट उदयपुर प्रहरी प्रमुख रहेका छन् । त्यसैगरी एक वर्ष नपुगी सरुवा हुनेमा एसपीहरु मिरा चौधरी,श्याम ज्ञवाली र विष्णु केसीलगायत छन् ।

 

यस्तो छ सरुवा हुने ७० एसपीको सुची

प्रतिक्रिया दिनुहोस
Advertisement