श्रीलङ्काको मन्त्रिपरिषद्द्वारा घरेलु ऋण पुनर्संरचना योजनालाई अनुमोदन


कोलम्बो – श्रीलङ्काको मन्त्रिपरिषद्ले बुधबार घरेलु ऋण पुनर्संरचनाको योजना स्वीकृत गरेको राष्ट्रपतिको मिडिया डिभिजन (पीएमडी) ले जनाएको छ।

घरेलु ऋण पुनर्संरचना कार्यक्रम अर्थ मन्त्रालयले प्रस्ताव गरेको र मन्त्रिपरिषद्को विशेष बैठकले सर्वसम्मतिले स्वीकृत गरेको पीएमडीले बताएको छ ।

श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले ऋण पुनर्संरचना प्रक्रियाले बैंकिङ प्रणालीको स्थायित्वमा असर नगर्ने बताएका छन् । अर्थ राज्यमन्त्री रञ्जित सियाम्बलापिटियाले यसअघि संसद्मा घरेलु ऋणको पुनर्संरचना गर्दा स्वदेशी ऋणीले लगानीमा पनि घाटा ब्यहोर्न बाध्य नहुने बताएका थिए । सियामबालापिटियाले ऋणमा अल्पकालीन रोक, ब्याज घटाउने र भुक्तानीमा ढिलाइ पनि घरेलु ऋणको पुनर्संरचना गर्ने उपाय हुनसक्ने बताएका छन् ।

श्रीलङ्काले अप्रिल २०२२ मा विदेशी ऋण तिर्न निलम्बनको घोषणा गर्योत, जब यो स्वतन्त्रता पछिको सबैभन्दा खराब वित्तीय संकटबाट प्रभावित भएको थियो । श्रीलङ्काले यसअघि नै अन्तरराष्ट्रिय मुद्रा कोषसँगको कार्यक्रमलाई ध्यानमा राख्दै आफ्नो बाह्य ऋणको पुनर्संरचना गर्न थालिसकेको छ।-सिन्ह्वा

प्रतिक्रिया दिनुहोस
Advertisement