श्रीलंका आक्रमण : मृत्यु हुनेको संख्या घटाइयो


कोलम्बो – श्रीलंका सरकारले त्यहाँ भएको बम हमलामा मृत्यु हुनेहरुको संख्या संशोधन गरेको छ । अब मृतकको संख्या एक सयले घटेको छ । श्रीलंकाको स्वास्थ्य मन्त्रालयका अनुसार हमलामा ज्यान गुमाउनेको संख्या लगभग २५३ छ । मन्त्रालयले यसअघि मृतकको संख्याका बारेमा दिइएको जानकारीलाई गलत भनेको छ ।

 श्रीलंकाको राजधानी कोलम्बो र पूर्वी शहर बट्टीकालोआमा आत्मघाती हमलाकारीले होटल तथा चर्चलाई निशाना बनाएर आक्रमण गरेका थिए । विस्फोटमा सयौं मानिस घाइते भएका थिए ।

आक्रमणमा पर्नेहरु अधिकांश श्रीलंकाका नागरिक थिए । केही विदेशी नागरिकको समेत मृत्यु भएको थियो । श्रीलंकामा ९ वटा विस्फोटमा संलग्न रहेको आरोपमा प्रहरीले ७० जनाभन्दा बढीलाई नियन्त्रणमा लिएको छ ।

यसैबीच प्रहरीले विस्फोटमा संलग्न भएका ९ जनाको फोटो सार्वजनिक गरेको छ । तीमध्ये आठ हमलाकारी श्रीलंकाली नागरिक नै भएको दाबी अधिकारीहरुले गरेका छन् । विस्फोटको जिम्मा इस्लामिक स्टेटले लिएको छ । सरकारले यसबारेमा छानबिन भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement