श्रीलंकामा मृत्यु हुनेको संख्या २९० पुग्यो, ५०० सय भन्दा बढी घाइते


एजेन्सी – आइतबार श्रीलंकामा क्रिश्चियन धर्मावलम्बीले इस्टर पर्व मनाइरहँदा त्यहाँका चर्च तथा होटलहरुमा आक्रमण हुंदा बिस्फोटनमा परि मृत्यु हुनेको संख्या २९० पुगेको छ । भने आक्रमणमा ५०० सय भन्दा बढी घाइते भएका छन् ।

कोचिकाडेको सेन्ट एन्थोनी चर्च र कटुवापिटियाको सेन्ट सेवास्टिएन्स चर्चका साथै कोलोम्बोस्थित होटल सांग्रिला र सिनामोन ग्रान्ड होटलमा विस्फोट भएको थियो ।
प्रहरीले अहिले कोलम्बोका विभिन्न स्थानबाट घटनामा संलग्न भएको आशंकामा २४ जनालाई पक्राउ गरेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

अहिलेसम्म आक्रमणको जिम्मेवारी कुनै पनि समूहले लिएको छैन । सरकारले आक्रमणकारीको पहिचान गर्न सकेको छैन।  उक्त आक्रमणमा ३५ जना विदेशीको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। घटना पछि श्रीलङ्कामा मिथ्या सूचनाहरू फैलिएको भन्दै सामाजिक सञ्जालको प्रयोगमा समेत रोक लगाइएको छ।श्रीलङ्कामा सरकारले लगाएको कर्फ्यु सोमबार बिहान ६ बजेबाट हटाइएको छ।

यस अधि श्रीलङ्काका एक जना मन्त्री हरिन फर्नानडोले नाम नखुलाइकन एउटा समूहले १० दिन अगाडि आक्रमण गर्न सक्ने सूचना दिएपनि सम्भावित घटना बारे राष्ट्रपति मैत्रीपाला सिरिसेनाले सरकारलाई जानकारी दिन नसकेको बताएका थिए। आइतबार इस्टरको मौका थियो, त्यहि दिन पारेर आक्रमणकारीले चर्च तथा सुविधा सम्पन्न होटलहरुमा आक्रमण गरेका हुन् । १० वर्षअघि गृहयुद्ध अन्त्य भएको श्रीलंकामा त्यसयता भएको यो सबैभन्दा गम्भीर र भयानक आक्रमण हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement