श्रीलङ्काका दुई नेतालाई देश छाड्न प्रतिबन्धको म्याद थप


एजेन्सी –  श्रीलङ्काका दुई नेतालाई देश छाड्न प्रतिबन्ध लगाइएको समयावधिको म्याद थप गरिएको छ । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री महिन्दा राजापाक्ष र पूर्व अर्थ मन्त्री बसिल राजापाक्षलाई प्रतिवन्ध लगाउने समयावधिको म्याद थप्ने आदेश बुधबार दिएको हो । उनीहरुलाई आगामी अगस्ट ११ सम्म देश छाड्न नपाइने आदेश दिइएको समाचारमा जनाइएको छ ।

पूर्वराष्ट्रपति गोटावाय राजापाक्षले देश छाडेर भागेपछि अन्य नेताहरुलाई देश छाड्न प्रतिबन्ध लगाइएको हो । गोटावायलाई भने तत्कालिन सरकार र सेनाले नै देशबाट बाहिरिन सहयोग गरेका थिए । अदालतले यसअघि गत जुलाई २८ मा पनि अनुमति विना देश नछाड्न दुवै जनालाई आदेश दिएको थियो ।

यसैबीच अपराध अनुसन्धान विभागले मङ्गलबार तीन जनालाई पक्राउ गरेको थियो । पक्राउ गरेका मध्ये एक जना १८ र एक जना २२ बर्षका रहेको खुलेको छ ।

श्रीलङ्कामा आर्थिक सङ्कटका कारण राजनीतिक सङ्कट पनि उत्पन्न भएको छ । आर्थिक सङ्कटका कारण सुरु भएको आन्दोलनका कारण राजनीतिक उथलपुथल भएको छ । संकट समाधानका विभिन्न प्रयास भएपनि ठोस उपलब्ध भने हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस
Advertisement