भारतसँग एकदिवसीय खेल्न श्रीलङ्काको कप्तान परिवर्तन

भारतसँग एकदिवसीय खेल्न श्रीलङ्काको कप्तान परिवर्तन


काठमाण्डु-भारतसँगको टी–२० सिरिजमा पराजित भएपछि श्रीलङ्काले एकदिवसीय खेलका लागि कप्तान परिवर्तन गरेको छ ।

भारतसँगको ३ खेलको टी–२० सिरिजमा श्रीलङ्का पराजित भएपछि श्रीलङ्का क्रिकेट बोर्डले कुशल मेन्डिसलाई एकदिवसीय टीमको कप्तानीबाट हटाउने निर्णय गरेको हो ।

श्रीलङ्काले भारतसँग २ अगस्टदेखि एकदिवसीय सिरिज खेल्दैछ । जसका लागि श्रीलङ्काले टी–२० का कप्तान चरित असलङ्कालाई एकदिवसीयको पनि कप्तानी सुम्पेको छ ।

उनको कप्तानीमा भने आफ्नै घरमा श्रीलङ्कालाई नराम्रो हार व्यहोर्नु परेको छ । भारतसँगको ३ खेलको टी–२० सिरिजमा श्रीलङ्का ३–० ले पराजित भएको छ । सूर्य कुमार यादवको कप्तानीमा भने भारतले सानदार जित हात पारेको छ ।

यता भारतको एकदिवसीय टीमको कप्तानी भने रोहित शर्माले गर्नेछन् ।