श्रीलंकाका सरकारी कार्यालय शुक्रबार पुनः खुला हुने


कोलम्बो – श्रीलंकाका सरकारी कार्यालयहरू शुक्रबार पुनः खुला हुने भएका छन् ।

शुक्रबार पनि बिदा दिने यसअघिको निर्णय मन्त्रिपरिषद्ले मंगलबार रद्द गरेको थियो । श्रीलंकामा इन्धन अभावका कारण सरकारी कार्यालयको समयावधि छोट्याइएको थियो ।

सार्वजनिक यातायात सेवा सामान्य अवस्थामा फर्किएकाले शुक्रबार पनि कार्यालय सञ्चालन गर्ने निर्णय गरिएको मन्त्रिपरिषद्का प्रवक्ता बन्दुला गुनावार्डेनाले जानकारी दिए । श्रीलंकामा आर्थिक संकटपछि इन्धन खरिद हुन नसक्दा देशभर इन्धन अभाव भएको थियो । इन्धन र आर्थिक सङ्कटका कारण राजनीतिक संकट पनि उत्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement