राजकिय सम्मानका साथ अरुण जेट्लीको अन्त्येष्टी गरिँदै


एजेन्सी – भारतीय जनता पार्टी (बिजीपी)का संकटमोचकका नामले चिनिने अरुण जेट्लीको पार्थिव शरीर नयाँ दिल्लीको दीन दयाल उपाध्याय मार्गस्थित बिजीपीको मुख्यालयमा ल्याइएको छ ।

पार्टी मुख्यालयमा विभिन्न पार्टीका नेता तथा कार्यकर्ताले श्रद्धाञ्जली ब्यक्त गरेपछी जेट्लीको पार्थिव शरीर यमुना नदीको निगमबोध घाटमा ल्याइनेछ । र २.३० बजे राजकिय सम्मानका साथ उनको अन्त्यष्टी गरिनेछ ।

मोदी सरकारको पहिलो कार्यकालका अर्थ तथा रक्षामन्त्री जेट्लीको शनिबार दिउँसो १२.७ बजे दिल्लीको एम्स अस्पतालमा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement