नेपालको सीमामा ५४८ पोष्ट थप्दै भारत, १३ हजार एसएसबी खटाइने


काठमाण्डु – भारतले नेपालसँगका सीमानामा थप ५४८ पोष्ट थप्ने निर्णय गरेको छ । भारतले नेपाल र भुटानका सीमामा १२ बटालियन पोष्टमा १३ हजार भारतीय सीमा सशष्त्र बल (एसएसबी) परिचालन गर्ने निर्णय गरेको हो ।

सीमा क्षेत्रमा हुने अवैध कार्य रोक्न थप सुरक्षाकर्मी परिचालन गरेको भारतीय गृहमन्त्रालयले जनाएको छ । भारतले नेपालसँगको १,७५१ किलोमिटर सिमाना र भुटानसँगको ६९९ किलोमिटर खुला सिमानामा सुरक्षा पोष्ट थप्ने निर्णय गरेको हो ।

जोगबनी र रक्सौल नाकामा यसअघि दुई चेक पोस्ट सञ्चालनमा छन् । एसएसबीका महानिर्देशक बुकमर राजेश चन्द्रले सीमा हुने अपराधीक कार्य नियन्त्रणका लागि १२ बटालियन स्थापना हुने जानकारी दिए ।

उनकाअनुसार आगामी चार बर्षमा १२ वटा नयाँ बटालियन तीन चरणमा निर्माण गरिने छ । नयाँ बटालियनहरु नेपालको सीमावर्ती चौकीको दूरी घटाउन, नेपाल र भुटानको व्यापार र ट्रान्जिट मार्ग सुदृढीकरण गर्न र एसएसबीको सुदृढीकरणका लागि प्रयोग गरिनेछ ।

‘बटालियन थप गर्दा सरकारलाई धेरै सहयोग पुग्छ । हामी गृह मन्त्रालयलाई धन्यवाद दिन चाहान्छौं । नयाँ जनशक्तिले सीमा सुरक्षा अझ सुदृढ पार्नेछ भन्ने कुरा सुनिश्चित गर्नेछ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement