गृहमन्त्री लामिछानेले गरे प्रहरीका ६ एसएसपीको सरुवा


काठमाण्डु – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाल प्रहरीका ६ जना एसएसपीको सरुवा गरेका छन् ।

मन्त्रालयले काठमाण्डु जिल्ला प्रहरी परिसरका एसएसपी भूपेन्द्र खत्रीलाई अपराध अनुसन्धान विभागमा सरुवा गरेको छ ।

विभागमा रहेका वसन्त रजौरेलाई काठमाण्डु प्रमुख बनाइएको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठोरलाई राष्ट्रिय सुरक्षा परिषद्मा सरुवा गरिएको छ भने परिषद्मा रहेका सानुराम भट्टराई अपराध अनुसन्धान कार्यालय आएका छन् ।

प्रहरी प्रधान कार्यालय तालिम निर्देशनालयका एसएसपी अभयनारायण काफ्लेलाई कोशी प्रदेश तालिम निर्देशनालयमा सरुवा गरिएको छ ।

कोशीमा रहेका एसएसपी राजन अधिकारीलाई हेडक्वार्टरको तालिम निर्देशनालयमा खटाइएको छ ।

प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवर देशबाहिर रहेको बेला गृहमन्त्री लामिछानेले सरुवाको निर्णय गरेका छन् । कुँवर इन्टरपोलको महासभामा भाग लिन फ्रान्समा छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement