सशस्त्र प्रहरीका एसपी महर्जन एसएसपीमा बढुवा 


काठमाडौं–सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले प्राविधिक सशस्त्र प्रहरी उपरीक्षकबाट प्राविधिक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकमा पदोन्नती भएका डा. रुपक महर्जनलाई दज्र्यानी चिन्ह प्रदान गरेका छन् ।  

नेपाल सरकारको मन्त्रिस्तरको यही माघ १३ गतेको निर्णयले महर्जनलाई प्राविधिक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकमा पदोन्नती गर्ने निर्णय गरेको हो । 

सशस्त्र प्रहरी महानिरीक्षक खनालले त्यसअवसरमा फौजी संगठनमा सरुवा बढुवा नियमिति प्रकृया भएको चर्चा गर्दै व्यवसायीक जिम्मेवारी पूरा गर्ने क्रममा सकल दर्जाका राष्ट्रिसेवक कर्मचारीहरु अनुशासित एवं इमान्दारितापूर्वक निःस्वार्थ भावनाका साथ कटिबद्ध भई निरन्तर कार्यक्षेत्रमा लागिरहनुपर्ने बताए ।  

प्रतिक्रिया दिनुहोस
Advertisement