थापा एसएसपीमा बढुवा, महर्जनको नाम एसएसपी बढुवामा सिफारीस


काठमाडौं– सशस्त्र प्रहरी बलका एसपी सन्दिप थापा एसएसपीमा बढुवा भएका छन् । थापा सशस्त्रको इन्जिनियरिङ विभागमा कार्यरत थिए । उनलाई आईतवार सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले दज्र्यानी चिन्ह लगाएका छन् ।

एसएसपीमा बढुवा भएका थापालाई कार्यविभागअन्र्तगतको मद्दती तथा सेवा निर्देशनालयमा पदस्थापन भएको छ ।

यसैगरी सशस्त्र प्रहरीको अस्पतालमा कार्यरत प्राविधिक एसपी डाक्टर रुपक महर्जनको समेत एसएसपी बढुवाका लागी नाम सिफारीस भएको छ । उनिहरुको दरवन्दी लामो समयदेखी रिक्त हुंदा समेत बढुवा अघि बढेको थिएन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement