३३ किलो सुनकाण्डमा एसएसपी लोहनी पनि प्रतिवादी, ५० भन्दा बढीविरुद्ध मुद्दा दर्ताको तयारी


काठमाडौं– सरकारद्वारा गठित उच्चस्तरीय छानबिन समितिले ३३ किलोग्राम सुनकाण्ड र तस्कर सनम हत्याको घटनामा अपराध महाशाखाका तत्कालीन एसएसपी दीवश लोहनीसहित ५० भन्दा बढीलाई विपक्षी बनाएर मुद्दा दायर गर्ने भएको छ।

सुनकाण्डमा अनुसन्धानकर्ताहरु नै आरोपित भएको पाइएपछि छानबिन समितिले ३८ जना आरोपी र अन्य गरी ५० बढीलाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिलको कार्यालयमार्फत् मोरङ जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरेको हो।

प्रहरीले मिसिल यसअघि नै वकिलको कार्यालय बुझाइसकेको छ।

एसएसपी लोहनीलाई यसअघि नै पक्राउ गर्न खोजिएपनि उनी सम्पर्कमा आएका थिएनन्। तर, अन्ततः उनी पनि छानबिन समितिको सम्पर्कमा विराटनगर पुगेका छन्। स्रोतका अनुसार लोहनीलाई समेत प्रतिवादी बनाएर मुद्दा दायर भएपछि उनी पक्राउ पर्नेछन्। त्यसअघि उनीसँग बयान लिइनेछ।

पूर्वआइजिपी प्रकाश अर्याल र पूर्वएआइजी बमबहादुर भण्डारी दुवैले समितिसँगको बयानमा एसएसपी लोहनी र डिएसपी प्रजित केसी तथा सई बालकृष्ण सञ्जेलको संलग्नता अपराध अनुसन्धान र अभियुक्तिको गिरफ्तारीका सिलसिलामा भएको यसअघि नै जानकारी गराइसकेका थिए।

डिएसपी केसी र सई सन्जेल यसअघि नै पक्राउ परिसकेका छन्। उनीहरुविरुद्ध अदालतबाट संगठित अपराध ऐनअन्तर्गत अनुसन्धानका लागि समय लिइसकेको छ

प्रतिक्रिया दिनुहोस
Advertisement