अपराध नियन्त्रण गर्न समाजको सहयोग आवश्यक : एसएसपी गिरी


काठमाण्डु – महानगरीय प्रहरी परिसर काठमाण्डुका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)सुदिप गिरीले अपराध नियन्त्रणका लागि समाजको सहयोग आवश्यक रहेको बताएका छन् ।

सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्र टुँडालदेवीले वैष्णवी माताको जात्राको पूर्वसन्ध्यामा आज बिहान आयोजित ‘नयाँ वर्षको शुभकामना आदानप्रदान एवं क्यालेण्डर विमोचन’ कार्यक्रममा बोल्दै उनले समाजमा हुने अपराध नियन्त्रणका लागि स्थानीयवासीको महत्वपूर्ण भूमिका रहेको बताएका हुन् ।

“समाजमा हुने विकृति, विसङ्गति र चोरीका घटनाको अन्त्यका लागि सबैको साथ र सहयोग आवश्यक छ”, उनले भने । प्रहरी वरिष्ठ गिरीले सिसी क्यामरा नभएको ठाउँमा चोरीका घटना धेरै बढेको भन्दै यसलाई नियन्त्रणका लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement