आईजिपीले अन्याय गरेको भन्दै सशस्त्रका एसएसपीले दिए पदबाट राजीनामा 


काठमाडौं – सशस्त्र प्रहरीका एक एसएसपीले आफुमाथी संगठनले अन्याय गरेको भन्दै पदबाट राजिनामा दिएका छन् । नेपाली सेनाबाट सशस्त्रमा सेवा प्रवेश गरेका एसएसपी संजय राणाले कार्तीक ५ मा सशस्त्र मुख्यालय हलचोकमा राजीनामा बुझाएका हुन् । उनि सशस्त्रमा व्यवसायीक अधिकृतका रुपमा चिनिन्छन् । राणाले सशस्त्रको स्थापनाका बेला सशस्त्रका कैंयौ अधिकारीहरुलाई तालिम समेत गराएका थिए । उनि हाल विपत व्यवस्थापनको जिम्मेवारीमा हेर्दै आएका थिए । 

सशस्त्रले डिआईजी बढुवाका लागी सुचना प्रकाशित गरेको एक सातापछि राणाले राजीनामा बुझाएका हुन् । एसएसपी राणा डिआईजी बढुवाको लाइनमा रहेपनि संगठन नेतृत्वले आफुमाथी  पटक पटक अन्याय गरेको भन्दै राजिनामा दिएका हुन् । यद्यपी उनले दिएको राजीनामा भने अझै स्विकृत भइसकेको छैन् ।  राणाले आफुले संगठनबाट राजीनामा दिएको पुष्टि गरे । 

सशस्त्र प्रहरी मुख्यालयले गत साता नै बढुवाका लागी सुचना प्रकाशित गरीसकेको छ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबाबु थापाद्धारा हस्ताक्षरित सूचनामा एसएसपीहरुलाई आफुले प्राप्त गरेको शैक्षिक योग्यतालगायतका बढुवा प्रयोजनार्थ आवश्यक पर्ने प्रमाणहरुको प्रतिलिपिहरु संलग्न गरी सूचना प्रकाशन भएको १० दिनभित्र बढुवा समितिको सचिवालयमा पेश गर्न भनिएको थियो । 

राणाले हालका सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालभन्दा अघि नेपाली सेनाको अधिकृतमा सेवा प्रवेश गरेका थिए । एसएसपी राणा नेपाली सेनाबाट सशस्त्रमा आउंदा डिआईजी हुन विए पास हुनुपर्ने नियम थिएन् । तर, पछि सशस्त्रमा नियम संसोधन भएपछि डिआईजी हुन् विएस पास भएको हुनुपर्ने नियम लागु भएको थियो । 

राणालगायत सेनाबाट सशस्त्रमा आएका अधिकारीहरुले आफुहरुलाई बढुवा नदिन एक्कासी नियम संसोधन गर्ने खेल भएको आरोप लगांउदै आएका छन् । 

शसस्त्रमा ११ जना एसएसपी डिआइजीमा बढुवाका लागी लविङमा छन् । हाल सशस्त्रमा ७ वटा डिआइजीको पद रिक्त रहेको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले डिआईजीको बढुवा सात महिनादेखी रोकेर राखेको भन्दै उनको आलोचना हुने गरेको छ । खनालले बढुवा रोक्नुको पछाडी आफु निकट अधिकारीलाई नम्बर बढी दिएर अघि ल्याउने खेलका रुपमा बुझिएको छ । 

बढुवाको सुचीमा वरियताका आधारमा प्रजा भक्त, संजय राणा, भरत श्रेष्ठ, रामप्रकाश श्रेष्ठ, राजु अर्याल, नारायण दत्त पौडेल, गोविन्द क्षेत्री, सीपी गौतम, हरिशंकर बुढाथोकी, कृष्णभक्त ब्रहमाचार्य र राजेन्द्र बस्नेत छन् ।

यी मध्ये सबैको एसएसपीमा बढुवा भएको मिति भने फरक–फरक छ । एसएसपीहरु भक्त, राणा, श्रेष्ठ, रामप्रकाश, अर्याल र पौडेल २०७० साल जेठ दुई गते बढुवा भएका थिए भने गौतम र क्षेत्री २०७० साल साउन २ गते एसएसपीमा बढुवा भएका थिए । त्यसैगरी एसएसपीहरु बुढाथोकी, ब्रहमाचार्य र बस्नेत २०७१ साल पुष २१ गते बढुवा भएका थिए ।

गृहमन्त्रालयले रोकिएको सरुवा–बढुवा अघि बढाउन निर्देशन दिएपनि संगठन प्रमुख खनालले बढुवाको प्रक्रिया अघि बढाउन आनाकानी गर्दै आएका थिए । 

हालका महानिरीक्षक खनालले आईजिपीमा नियुक्ती भएपछिको पहिलो सम्बोधनमा एसएसपी राणाको ब्याचमाथी माथी अन्याय भएको भन्दै आफुले न्याय दिने बताएका थिए । तर, खनालले पछिल्ल्लो समय उनलाई बढुवा नदिन गृहमन्त्रालयमा लविङ गरेको स्रोतको दाबी छ । संगठन प्रमुख नै बढुवा नदिन लविङमा लागेको थाहा पाएपछि राणाले पदबाट राजीनामा दिएका हुन् । 

त्यसका साथै आफु निकटका एएसपी नारायणदत्त पौडेललाई एक नम्बरमा बढुवा गर्न उनले उच्च राजनितीक नेतृत्वको घरदैलो गरिरहेको बताइन्छ । यसबारेमा प्रतिक्रिया लिन काठमाडौंपाटीले खनालसंग पटक पटक सम्पर्क गर्न खोजेपनि उनले टेलिफोन उठाएनन् । 

पौडेलको बढुवाका लागी पुर्व गृहमन्त्री जनार्दन शर्मा समेत लागेका छन् । पौडेल सुर्खेत घर भएका एसएसपी हुन् । उनलाई बढुवामा अघि ल्याउन गृहमन्त्रीका सल्लाहकार सुर्य सुवेदीले गृहमन्त्री रामबहादुर थापाको पुल्चोकस्थित निवासमा सोमबार राती अर्का एक जनामन्त्रीसहित गोप्य बैठक समेत गरेका थिए । 

बढुवामा सेनाबाटै आएका अर्का एसएसपी भरत श्रेष्ठ समेत वंचित हुने भएका छन् । श्रेष्ठ समेत आईए पास मात्र भएको बताइएको छ । एसएसपीहरु गोविन्द क्षेत्री, भरत श्रेष्ठ र सञ्जय राणा तीनै जना सेनाको २९ बेसिकका अधिकृत हुन । 

बढुवामा एक नम्बरमा ल्याउन खोजिएका एसएसपी नारायणदत्त भने शसस्त्रमा राम्रो छवि भएका अधिकारी मानिदैनन् । नारायण पुर्वको बराह बाहिनीमा हुंदा चेन अफ कमाण्ड बे्रेक गरेको आरोपमा कार्वाहीमा परेका थिए । पौडेलमाथी रेकर्डमा जनाउने गरी नै तत्कालिन अवस्थामा कार्वाही भएको थियो । उनलाई ककनीस्थित शसस्त्रको तालिम केन्द्रमा प्रमुख हुंदा विदा छाडेर रासनमा अनियमितता गरेको अभियोग समेत लागेको थियो । यसको खुलासा प्रमाणसहित काठमाडौंपाटीले यसअघि नै गरिसकेको छ ।  

यिनै पौडेललाई डिआईजी बढुवामा अघि ल्याउन आइजी खनाल लागेका हुन् । उनले बढुवामा सजिलो होस भनेर नै तक्माका लागी सिफारीस गरेपनि तक्मा सिफारीस समितिले उक्त सिफारीस खारेज गरेको थियो । पौडेलको व्याचमा उनिभन्दा अघि एसएसपी राजु अर्याल रहेका छन् । अर्याललाई बढुवामा पछि पार्न उनी कांग्रेस निकट भएको भन्दै लविङमा संगठनको नेतृत्व नै लागेको स्रोतको दाबी छ ।

हालको डिआईजी बढुवा भावी महानिरीक्षकसंग समेत जोडिएकाले यसमा वरियतामा कस्लाई अघि ल्याउने भन्ने खेल जोडिएको छ ।

सशस्त्रमा डिआईजी बढुवाको लागी गृहसचिव प्रेम राईको अध्यक्षतामा तीन सदस्यिय समिति बनेको छ । जसमा सदस्य आईजिपी खनाल छन् भने प्रशासन हेर्ने एआईजी नारायणबावु थापा सदस्य सचिव रहेका छन् ।

सशस्त्रको नियमावलीअनुसार डिआईजीको बढुवाको लागी रहेको १०० नम्बरमध्ये कार्य सम्पादन ४०,जेष्ठता २०\२०,भौगलिक क्षेत्रमा काम गरेमापत ८\८,शैक्षिक योग्यता वापत ७७, तालीम वापत १३१३,चुनौतीपुर्ण र विशेष जिम्मेवारी वाफत ५, विभुषण २ नम्बर र बढुवा समितिले दिने वापत ५ नम्बर रहेको छ ।

खनालले एसएपी पौडेललाई एक नम्बर ल्याउन विभुषण्का लागी सिफारीस गरेपनि उनको निर्णय समितिले नसियद पाएका अधिकृतलाई तक्मा दिन नमिल्ने भन्दै खारेज गरेको थियो । त्यसपछि पनि खनालले डिआईजीको बढुवा अघि बढाउन खोजेनन् । त्यसको कारण थियो चुनौतीपुर्ण र विशेष जिम्मेवारी वाफत दिने ५ नम्बर । यो नम्बर महानिरीक्षकले नै दिने हुंदा पनि उनले त्यसमा ढिलाई गरेका हुन् ।

सशस्त्रले गृहमन्त्रालयमा चुनौतीपुर्णवाफतको नम्बर असोज २३ गतेभित्र पठाइसक्नुपर्ने हुन्छ । खनालले उक्त नम्बर गृहमन्त्रालय मन्त्रालय पठाएको तीन दिनपछि बढुवा प्रक्रिया अघि बढाउनुले पनि उनको नियत पुष्टी भएको सशस्त्रकै एक डिआईजीले काठमाडौंपार्टीलाई बताए ।

‘६ महिनासम्म डिआईजी पद रिक्त हुंदा हुंदै रोकेर राख्नुभयो, तक्मा र चुनौतीपुर्णवाफतको नम्बर दिएपछि बढुवा गर्नुले उहांको नियत स्पष्ट भएको छ, प्रहरी महानिरीक्षकले नियमभन्दा व्यक्तिको पछाडी लाग्नु दुखद कुरा हो ।’ ती डिआईजीले भने ।

गृहमन्त्री रामबहादुर थापाले पदमा बहाली भएपछि सार्वजनिक गरेको मार्ग्चित्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीमा रोक्किएको बढुवा एक महिनाभित्र अघि बढाउने प्रतिवद्धता जनाएपनि त्यो व्यवहारमा लागु भने हुन् सकेन् । 

सशस्त्रमा सात महिनादेखी यति ठुलो संख्यामा उच्च अधिकृतको दरबन्दी खाली हुंदा समेत मन्त्री थापाको ध्यान नगएको भन्दै केही उच्च अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीको समेत ध्यानआकर्षण गराएका थिए । 

सशस्त्रको बढुवामा प्रधानमन्त्री ओलीले वरियतालाई ध्यान दिएर नियमअनुसार बढुवा अघि बढाउन गृहसचिव राई र गृहमन्त्री थापालाई निर्देशन दिइसकेको स्रोतको दाबी छ । 

प्रतिक्रिया दिनुहोस
Advertisement