काठमाडौं – गृह मन्त्रालयले २८ एसएसपीको सरुवा गरेको छ ।
डीआईजी बढुवाका कारण रिक्त र न्युनतम कार्य अवधि पुगेका एसएसपीको सरुवा भएको हो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्रमुखमा नवराज अधिकारी सरुवा भएका छन् । त्यहाँका प्रमुख विनोद घिमिरे डीआईजी बढुवा भई आईजी सचिवालयमा पदस्थापित भएका थिए ।
मानव बेचबिखन अनुसन्धान व्युरोको प्रमुखमा कृष्णप्रसाद पंगेनी, लागुऔषध नियन्त्रण व्युरोमा कृष्णप्रसाद कोइराला र नयाँ दिल्लीस्थित नेपाली दूतावासको काउन्सिलरमा प्रकाश मल्ल सरुवा भएका छन् ।
प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास विभाग वृत्ति विकास महाशाखामा रहेका अनुपशमशेर जबरा नेपाल प्रहरी प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह, पश्चिम नवलपरासी सरुवा भएका छन् भने कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरमा कार्यरत अबिनारायण काफ्ले प्रहरी प्रधान कार्यालय, कार्य विभाग कार्य निर्देशनालय नक्सालमा सरुवा भएका छन् ।

प्रतिक्रिया