प्रदेश प्रमुख नियुक्त गर्ने सरकारको तयारी


काठमाडौं– निर्वाचन नजिकिदै जाँदा सरकारले प्रदेश प्रमुखको नियुक्तको प्रक्रिया अघि बढाएको छ।

 

 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव खगराज बरालका अनुसार चाँडै नै सातवटै प्रदेशका प्रमुख नियुक्तका लागि मन्त्रिपरिषद्ले टुंगो लगाउने छ।

 

 

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुखको नियुक्त गर्ने कानूनी व्यवस्था रहेको छ।

 

 

 

प्रदेशसभामा निर्वाचित भएकालाई सपथ खुवाउने मुख्यमन्त्री नियुक्त गर्ने जस्ता कार्य प्रदेश प्रमुखले गर्ने व्यवस्था भएपछि सरकार निर्वाचन अघि नै राष्ट्रपति भण्डारीसमक्ष सिफारिस गर्ने तयारीमा रहेको छ।

 

 

नेपालको संविधानको धारा १६३ मा प्रदेश प्रमुख सम्बन्धी व्यवस्था रहेको छ। प्रदेश प्रमुख राजनीतिक नियुक्त गर्ने व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस
Advertisement