२ हजार ५६५ कर्मचारीलाई कारबाही गर्न सतर्कताको सिफारिस


काठमाडौं— राष्ट्रिय सतर्कता केन्द्रले साढे २ हजार निजामती कर्मचारीलाई कारबाहीको सिफारिस गरेको छ। केन्द्रले गत आर्थिक वर्ष ०७५÷०७६ मा २ हजार ५ सय ६५ कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेको छ।

कारबाही सिफारिस गरिएकामध्ये समयपालना नगर्ने १ हजार ९ सय ६१ छन् भने तोकिएको पोशाक नलगाउने ६ सय ४ कर्मचारी रहेका छन्।

केन्द्रका प्रवक्ता डालनाथ अर्यालका अनुसार गत आवमा ५२ जिल्लाका ९८० कार्यालयमा अनुगमन गरेको थियो। यसैगरी ९४० कार्यालयमा नागरिक वडापत्र नराखिएको र राखिए पनि नदेखिने गरी राखिएको पाइएको छ।

केन्द्रले आव २०७४र७५ मा ५४ जिल्लाका एक हजार १४० कार्यालयमा अनुगमन गर्दा समयपालना नगर्ने एक हजार ७०३ र तोकिएको पोशाक नलगाउने ६१४ जना कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेको थियो।

प्रतिक्रिया दिनुहोस
Advertisement