अराजक गतिविधि तस्करी नियन्त्रण गर्न प्रभावकारी भएर लाग्न गृहमन्त्रीकाे निर्देशन


हेटौँडा- गृहमन्त्री रामबहादुर थापा बादलले  अराजक गतिविधि, एवं तस्करी नियन्त्रण गर्न सुरक्षा प्रमुखहरूलार्इ निर्देशन दिएका छन्  । मंगलबार हेटाैँडामा भएकाे  प्रदेश न ३ स्तरीय सुरक्षा गाेष्ठीमा उनले यस्ताे निर्देशन दिएका हुन् ।

राजनीतिक स्थायित्व तथा दिगो शान्ति कायम गरी विकासका पूर्वाधारलाई जनता बीच पु¥याउन र शान्ति तथा सुरक्षा व्यवस्थालाई थप सुदृढ पार्नका लागि प्रचलित ऐन कानूनमा सुधार गर्नुपर्ने भएकाले प्रदेशस्तरीय सुरक्षा गोष्ठीको आवश्यक परेको उनले दावी गरे ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका लागि सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ भन्दै गृहमन्त्री थापाले प्रधानमन्त्री माेदीकाे भ्रमणले नेपाल–भारत बीचको सम्बन्धमा थप ऊर्जा मिल्ने दावी गरे ।

गृहमन्त्रालयका सचिव प्रेमकुमार राईले मुलुकको सातै प्रदेशमा सुरक्षासम्बन्धी सम्मेलनबाट प्राप्त सुझावलाई मन्त्रालयले शान्ति सुरक्षाका लागि अपनाउनु पर्ने रणनीति तयार पार्नुका साथै भ्रष्टाचार, तस्करी एवं हिंसात्मक गतिविधिलाई नियन्त्रणमा लिन र सुरक्षा निकायलाई राजनीतिक हस्तक्षेपबाट मुक्त पार्ने र विद्यमान ऐन कानूनमा सुधार गरिने बताए ।

गोष्ठीमा प्रदेश नं ३ अन्तर्गत पर्ने १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, सशस्त्र प्रहरीका प्रमुखलगायत सुरक्षा निकायका उच्च पदस्थ अधिकारीको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement