प्रदेशस्तरीय सुरक्षा गाेष्ठी बारामा सुरू, तस्करी र गुन्डागर्दी नियन्त्रण गर्न गृहमन्त्रीकाे निर्देशन


बारा–बुधबार देखि प्रदेश न २ काे बारामा सुरू भएकाे प्रदेश स्तरीय सुरक्षा गाेष्ठीलार्इ सम्बाेधन गर्दै गृहमन्त्री गृहमन्त्री रामबहादुर थापा थापा ‘बादल’ले नयाँ परिवेशमा देखिएका समस्या बुझ्न सातै प्रदेशमा सुरक्षा गोष्ठी सुरु गर्न लागिएको बताएका छन् ।

सात वटा प्रदेशमध्ये सबैभन्दा धेरै संवेदनशील प्रदेश २ भएको भन्दै उनले मिलेमतोमै तस्करी हुने गरेको सूचना आएको भन्दै तस्करी तथा गुन्डागर्दी नियन्त्रण गर्न निर्देशन दिएका हुन्।

गृहमन्त्रालयकाे अायाेजनामा अाजदेखि प्रदेशस्तरीय सुरक्षा गाेष्ठी बारामा सुरू भएकाे हाे । बुधबार प्रदेश न २ बाट मन्त्रालयले फिल्डका समस्या बुझ्न प्रदेशस्तरीय सुरक्षा गाेष्ठी सुरू भएकाे हाे ।

गृहमन्त्री थापाकाे प्रमुख अातिथ्यमा सुरू भएकाे गाेष्ठीमा प्रदेश न २ का अाठै जिल्लामा प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा सेनाका अधिकारीहरु सहभागी छन्।

 

प्रतिक्रिया दिनुहोस
Advertisement