तीन राज्यमन्त्रीले आज शपथ लिँदै

तीन राज्यमन्त्रीले आज शपथ लिँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा नेपाली कांग्र्रेस र नागरिक उनमुक्ति पार्टीबाट तीन राज्यमन्त्रीहरूले आज शपथ लिंदैछन् ।

स्रोतका अनुसार नेपाली कांग्रेसबाट कान्छाराम तामाङ र रूपा विक तथा नागरिक उन्मुक्ति पार्टीबाट अरुण चौधरीले राज्यमन्त्रीको शपथ लिन लागेका हुन् ।

कांग्रेसबाट राज्यमन्त्री बन्न लागेका तामाङ र विकको मन्त्रालय अहिले तोकिएको छैन । उनीहरूलाई कुन मन्त्रालयमा पठाउने विषयमा छलफल चलिरहेको छ ।

नागरिक उन्मुक्तिबाट चौधरी पर्यटन राज्यमन्त्री पक्का भएको स्रोतले जनाएको छ ।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले प्रधानमन्त्री ओलीलाई सिफारिस पत्र पठाएर चौधरीलाई राज्यमन्त्रीामा नियुक्त गर्न आग्रह गरेकी थिइन् ।