विचार

विद्यार्थी आन्दोलन र त्रिभूवन विश्वविद्यालय

काठमाडौं – त्रिभुवन विश्वविद्यालय के हो र विद्यार्थी आन्दोलन कहाँ छ ?यही प्रश्न बाट सुरु भएको यो वर्षको स्व .वि.यु. चुनाव । अझ भनौ विद्यार्थी राजनीतिको प्रयोगशाला त्रिभूवन विश्वविद्यालय बन्ने वा प्रायोगिक अध्ययन र अनुसन्धानालाई मुख्य ऐजेन्डा बनाउँदै Center of excellence बनाउने भन्ने भूलभूत प्रश्न बोकेको छ । विद्यार्थी आन्दोलनले समग्र शिक्षा, अध्ययन, अनुसन्धान, उत्पादन र वास्तविक विद्यार्थीको कक्षाकोठा भित्रको समस्याको सम्वोधन गर्दै, वर्तमान विश्व सुहाउँदो शत्र प्रणाली (Semester system)  ले समग्र नेपालको शिक्षा कतातिर जादैछ भन्ने कुराको जवाफ स्व वि.व्यु चुनाव २०७५ ले दिनेछ । आगामी फाल्गुन १४ गते हुने स्ववियु चुनावको पूर्व तयारीमा विद्यार्थी आन्दोलनको बहस सुरु भएको छ त्रिभुवन बिश्वबिद्धालयमा।

Dish Home

 

विद्यार्थी आन्दोलन
विद्यार्थीको चरित्र बोकेको समग्र शिक्षा ,राजनीति र समाज रुपान्तरण लागि गरिने आन्दोलन विद्यार्थी आन्दोलन हो । विद्यार्थी आन्दोलनको इतिहासलाई फ्रकेर हेर्दा सन् १२१९ मा युनिभर्सिटि अफ पेरिसको पहिलो आन्दोलनलाई हेर्न सकिन्छ । त्यसो त  The great better rebelian का नामले चिनिने सन् १७६६ मा हार्वड विश्वविद्यालयमा भएको अमेरीकाको पहिलो विद्याथीृ आन्दोलन नै किन नहोस् विद्यार्थीको र समग्र शैक्षिक छेत्रको उन्नयनका पक्षमा उभिएको देखिन्छ ।

सन् १८९९ मा सेन्ट पिटर्सवर्ग विश्वविद्यालयमा फ्रेब्रवरी देखि उठेको रसियाको पहिलो विद्यार्थीआन्दोलनको उद्देश्य मुलतः विद्यार्थीका हक अधिकार सुनिश्चित गर्ने नै हो । विशौ सताब्दी पछि आऐर विद्यार्थी आन्दोलनको पनि विस्तारै मूर्त रुप लिँदै अझै शसक्त ढंगले अगाडि बढेको पाइन्छ ।सन् २००५ को क्यानडामा भएको साविक विद्यार्थीआन्दोलन सन् २००६ को इरानको विद्यार्थी विद्रोह सन् २००६ कै चिलिको पेन्गुइन क्रान्ति हुँदै सन् २०१२ को क्यानडाको ब्वयुविक विद्यार्थी प्रतिरोध र सन् २००४ को ताइवानको विद्यार्थी आन्दोलन आदि विश्वका विद्यार्थी आन्दोलनका ज्वलन्त उदाहरण हुन् ।

सन् २०१४ कै हङ्ककङको प्रजातान्त्रिक विद्यार्थी आन्दोलन त्यस्तै कमुनिष्ट नेत्रि क्यामिला भालेजोको नेतृउत्वमा सन् २०११–२०१३ सम्म शैक्षिक पुनः संरचना निशुल्क शिक्षा लगायतका मागको आधारमा चिलिमा भएको विद्यार्थी आन्दोलन सम्म आइपुग्दा दसौं हजार विद्यार्थीहरु आन्दोलित भएको इतिहास एकातिर छ भने अर्काैतिर छिमेकी राष्ट्रभारत कै सन्दर्भलाई जोड्ने हो । भने हालै मात्र सन् २०१६ को पुनः विद्यार्थी कन्हैया कुमारको नेतृतवको भारतीय सरकारको फासिवादी चरित्र सत्तारूढ बिजेपीको अतिवादी प्रवृत्तिको विरुद्धमा समावेशी विद्यार्थीको पक्षमा बकालत गरेको परिदृश्य ताजै छ ।

नेपालको सन्दर्भमा विद्यार्थी आन्दोलनलाई नियाल्दा राणाकालिन समय वि.सं. १९९१ सालमा भारतको बनारसमा अध्ययनरत विद्यार्थीहरुले छात्र सङ्घको गठन गरे संगै प्रारम्भ गएको मानिन्छ । वि.सं. १९९० माघ १६ गते सोभा भगवतिमा त्रिचन्द्र क्याम्पसका विद्यार्थी नेता तथा नेपाल प्रजापरिसदका सदस्य गंगालाल श्रेष्ठलाई फासि दिए पछि झनै आन्दोलनको स्वरुप बढ्दै गएको पाइन्छ । वि.सं. २००१ मा हिमान्चल विद्यार्थी संघ (जो भारतमा अध्ययनरत नेपाली विद्यार्थी) हुँदै वि.स. २००४ साल असार १ गते जयतु सस्कृर्तम नामले पहिलो विद्यार्थी आन्दोलनको सुरुवात भयो । विद्यार्थी आन्दोलनको क्रममा वि.सं. २००४ मंसिर २२-२३ गते ४३ जना विद्यार्थी लाई छात्रवास बाट निकाला गरियो । वि.सं. २००६ साल असार १७ गते भूमिगत रुपमा प्रचण्डराज सिंहको नेतृत्वमा अखिल नेपाल विद्यार्थी फेडरेसन (अ.ने.वि. फे) गठन भयो । यसलाई नै नेपाली विद्यार्थीको पहिलो संगठन मानिन्छ ।

वि.सं. २०२४ सालमा पहिलो पटक स्वतन्त्र विद्यार्थी युनियनको स्थापना भयो । वि.सं. २०२८ मा नयाँ शिक्षा प्रणाली लागु भएसँगै स्व.वि.यु र जनसंगठनहरुलाई (तत्कालिन राजा महेन्द्रले) प्रतिबन्ध लगाउन संघसंस्था ऐन २०२९ जारी गरे । वि.स. २०३६ सालको राजनैतिक घटनाक्रम पुन स्व.वि.यु निर्वाचन भयो । वि.सं. २०२७ साल वैशाख ६ गते नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ती स्थापनाले पनि विद्यार्थी आन्दोलनलाई अझै उर्जा दियो । त्यसै गरी वि.सं. २०३८, २०४०, २०४२, २०४३, २०४४ सालमा पटक पटक विद्याथीई आन्दोलनले गति लियो । वि.सं. २०४५ साल चैत्र १० गतेबाट जब भारतले पहिलोपटक नाकाबन्दी घोसणा गर्‍यो तब विद्यार्थी आन्दोलन अझै शसक्त भयो । वि.स. २०४६ साल माघमा पन्चायती ब्यबस्थाका विरुद्ध जनआन्दोलन भयो ।

फलस्वरुप फेरी नेपालमा पञ्चायती ब्यबस्थाको अन्त्य र वहुदलिय ब्यबस्थाको को पूर्नवलली भयो । विद्यार्थी आन्दोलन कै निरन्तरता संगै वि.सं. २०६४ साल फाल्गुनमा पहिलोपटक (जनयुद्धपछि पहिलो पटक) स्व.वि.यु चुनाव श्री शिवनाथ बहुमुखी क्याम्पस महेन्द्रसागरमा सम्पन्न भयो जसमा अखिल सिंहको नेतृत्वमा असिल (क्रान्तिकारी) ले विजय प्राप्त गयौ । २ वि.सं. २०६५ चैत ६ गते त्रि.वि. लगायत नेपालका सबै जसो क्याम्पसहरुमा स्ववियु चुनाव सम्पन्न भयो । त्रिभूवन विश्वविद्यालयमा हिमाल शर्माको नेतृत्वमा अखिल (क्रान्तिकारी) ले विजयको झण्डा फरफरायो।विगत दश वर्ष अर्थात २०६५ पछि २०७५ साल सम्म आइपुग्दा पटक पटक स्व. वियु चुनाव स्थगित भए ।

यसरी विभिन्न आरोह अवारेहका बीचबाट अहिलेको विद्यार्थी आन्दोलन अगाडी बढिरहेको छ । नेपालको सन्दर्भमा पेट्रोलियम पदार्थको मुल्यवृद्धि नियन्त्रण निजी विद्यालय लगायत विभिन्न कलेजको भर्ना, शुल्क वृद्धि नियन्त्रण लगायत विद्यार्थीलाई यातायातमा ४५ % छुट, अनियमित र हेलमेट प्राध्यापक हरका विरुद्ध रातो लगाउने अभियान, विद्यार्थी भर्ना कार्यक्रम शत्र प्रणालीको सुरुवात र विकास बिस्तार लगायतका विषयमा नेपाली विद्यार्थी आन्दोलन केन्द्रित रहयो ।

त्रिभूवन विश्वविद्यालय
वि.सं. २०१६ सालमा स्थापित नेपालकै पुरानो, ठूलो र जेठो विश्व विद्यालय त्रिभुवन विश्वविद्यालय हो । नेपालको उक्त शिक्षा सम्बन्धी सम्पूर्ण जिम्मेवारी लिदै विज्ञान, प्रविधि, व्यावसायिक शिक्षाको विकास अध्ययन अनुसन्धान गर्ने उद्देश्यले स्थापित त्रिभूवत विश्वविद्यालय सम्पूर्ण नेपालीहरुको पहुँच रहने र पूर्व मेची देखि पश्चिम महाकालिसम्मको सबै बहुलविविधताको उच्च अध्ययनको खाल पनि हो । कीर्तिपुरको आगनमा अवस्थित ३०४२ रोपनी ५ पैसा २ दाम अर्थात् १५४.७७ हेक्टर क्षेत्रफलमा फैलिएको त्रिभूवन विश्वविद्यालय हाल शत्र प्रणाली लागु गरिएको छ । त्रिभुवन विश्वविद्यालयले एउटा आदर्श बोकेको छ ।

– नेपालको समग्र विकासको निम्ति दक्ष मानवशक्ती उत्पादन गर्नु
– देशको सांस्कृतिक विकासको रक्षा गर्नु
– सम्पति उन्नत र ज्ञान प्रसार गर्दै, कलाको निम्ति प्रोत्साहित गर्नु
– विज्ञानको क्षेत्रमा अनुसन्धानलाई बढुवा दिनु, व्यावसायिक क्षेत्र एवम् प्रौ ओदोगिरको निम्ति प्रोत्साहित गर्नु रहेका छन् ।

वि.सं. २०७२ सालदेखि शत्र प्रणाली शुरु गरेको त्रि.वि.मा कृषि तथा पशुविज्ञान वन विज्ञान, इन्जिनियरीङ भूगर्भशास्त मानवशास्त्र व्यवस्थापन शिक्षा शास्त्र, कानुन तथा मानविकी आदिमा अध्ययन अध्यापन भैरहेको छ । हाल विश्वविद्यालयका पाँच ओटा प्राविधिक अध्ययन संस्थान, चार संकाय, चार अनुसन्धान केन्द्र ३७ विभाग र ६० आशिंक र एकहजार ८५ ओटा सामुदायिक तथा निजि महाविद्यालय रहेका छन् ।

समग्र त्रिभुवन विश्वविद्यालयको गुरु योजना बनाउँदै नेपालको समग्रै शैक्षिक चित्र कोर्न विश्वविद्यालयको विद्यार्थी आन्दोलनको चरित्र स्वरुप परिवर्तन गर्नु जरुरी छ । विश्वविद्यालयका प्रायोगिक विद्धान प्रसाशकहरुलाई बलमिचाइले मात्रै ठेगान ल्याउन नसिकने र समग्र प्रणाली सुधार हुन नसकेको हुँदा अवकाे स्व. वि. युबाट प्रायोगिक, शैक्षिक वौद्धिक चेतना बोकेका विद्यार्थीले नेतृत्व गर्नेकुरा के कति सम्भव हुने भन्ने प्रश्न र गम्भीर चुनौति खडा भएको छ । २८ वर्ष उमेरको हकबन्दी लागु गर्दै गर्दा त्रि.वि.को स्व.वि.यु मा कच्चा हैन सच्चा नेतृत्व आवाेस र विश्वविद्यालयको शैक्षिक योजना निर्माण गर्न सकोस् । यदि अवपनी स्व.वि.यु निर्वाचन नहुने हो भने स्व.वि.यु. संस्थाको मर्यादा माथि बहस सुरु हुने र यसकाे स्वरुप सम्बन्धी प्रश्न उठ्ने देखिन्छ। समग्र नेपालको शिक्षा प्रणालीमा अहिलेको स्व.वि.यु चुनावले नयाँ अध्यापनको सुरुवात गर्ने र समग्र विद्यार्थी आन्दोलन नयाँ ढंगले अगाडि बढ्नेछ ।

लेखकः गणेश कुमार बुढा

Comments

comments

Now Get KathmanduPati App on your mobiles.

Android App iOS App
ad

धेरै पढिएको समाचार

Vianet
Civil
Prabhu Bank
Shivam Cement
Yeti Airlines
Kumari Bank
Shikhar Insurance
Salt Trading
Nepal Life Insurance

Now get KathmanduPati App on your mobiles.

Android App iOS App
Scroll to Top