विद्यार्थीलाई प्रहरीबाट जनचेतनामूलक कार्यक्रम


तुलसीपुर –इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटा एकाबिहानै ज्ञानज्योति कलेज तुलसीपुर आफ्ना सहकर्मीका साथ पुग्दा शुरुमा विद्यार्थी आश्चर्यचकित भए ।

उनी सो कलेजमा कुनै विषयको अनुसन्धान गर्न जानुभएको होइन । केही क्षणमै सबै विद्यार्थी सभाकक्षमा जम्मा भए, अनि उनले लागुऔषधका बारेमा विद्यार्थीसँग छलफल गर्न शुरु गरे ।

इलाका प्रहरी कार्यालय र सामुदायिक प्रहरी सेवा केन्द्र तुलसीपुरले एक महिनायता शुरु गरेको सीधा कारवाही अभियानमा विभिन्न विद्यालय र कलेजका विद्यार्थीलाई लागुऔषध दुव्यर्सन, अपराध र साइबर क्राइमका बारेमा सचेतना सम्बन्धी कार्यक्रम आयोजना गरेका छन् ।

इलाका प्रहरी कार्यालयका प्रमुख सापकोटाले अपराध गर्नेलाई कारवाही मात्रै गर्नेभन्दा पनि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेर अपराध न्यूनीकरणतर्फ अग्रसर गराउनका लागि दर्जनभन्दा बढी विद्यालय र कलेजसँग समन्वय गरेर अभियान सञ्चालन गरिएको जानकारी दिए । उनले अपराधबाट कसरी जोगिने, अपराध भएको ठाउँमा के गर्ने, इन्टरनेटको प्रयोग कसरी गर्ने र लागुऔषध सेवनले परिवारमा के प्रभाव पार्छ भन्नेबारेमा जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement