स्ववियु निर्वाचन चैत ५ गते गर्ने सहमति

स्ववियु निर्वाचन चैत ५ गते गर्ने सहमति


काठमाण्डु – त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी चैत ५ गते गर्ने सहमति भएको छ ।

त्रिविका शिक्षाध्यक्ष डा. खड्ग केसीको अध्यक्षतामा सोमबार बसेको विद्यार्थी कल्याण परिषद्को बैठकले निर्वाचनको मिति तोकेको परिषद्का सदस्य सचिव पशुपति अधिकारीले जानकारी दिए ।

यसअघि त्रिविको शैक्षिक क्यालेन्डरमा स्ववियु निर्वाचन फागुन १५ गते गर्ने तोकिएको थियो । विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक डा. केसीले कानूनी जटिलता आउने भएकाले अघिल्लो कार्यकालमा भएको समयमा नै स्ववियु निर्वाचन गर्ने निर्णय गरिएको बताए ।

वर्तमान कार्यसमितिको कार्यकाल २ वर्ष राखिएकोमा अवस्थामा आगामी चैत ५ गते २ वर्ष पुग्ने भएकाले कानूनी जलिटता नआओस् भनेर अघिल्लोपटक निर्वाचन भएको मितिमै निर्वाचन गर्न त्रिवि कार्यकारी परिषद्लाई सिफारिस गरिएको उनले बताए ।

यसअघि २०७९ चैत ५ गते स्ववियु निर्वाचन भएको थियो ।