पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन पाँच विद्यार्थी संगठनको माग

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन पाँच विद्यार्थी संगठनको माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पाँच विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा भइरहेको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेको छ ।

बिहीबार नेपाल आयल निगममा संयुक्त ज्ञापन पत्र बुझाउँदै उनीहरुले निषेधाज्ञाको समयमा उपभोक्ताको आम्दानीसमेत घटेको बेलामा गरिएको मूल्यवृद्धि खारेज गर्नुपर्ने माग गरेका हुन् ।

उनीहरुले पेट्रोलियम पदार्थमा थोपरिएको बर केवल जनता चुस्ने नियत मात्र भएको बताएका छ्न । निगमले गत मंगलबारमात्रै पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । पछिल्लो केही महिना यता मात्र निगमले पटक पटक पेट्रोलियम पदार्थको मूल्य बृद्धि गर्दै आएको छ ।

पछिल्लो पटक प्रतिलिटर २ रुपैयाँले बढेसँगै पेट्रोलको मूल्य १२९ रुपैयाँ पुगेको छ । डिजेल/मटितेलको मूल्य ११२ रुपैयाँ पुगेको छ । खाना पकाउने ग्याँसको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँका दरले बढर १४ सय २५ रुपैयाँ पुगेको छ ।